झापा । 

झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनि  स्थानियले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउना साथ प्रहरी टोली  गई कानुनी प्रकृया पुरा गरेको हो ।

घटनाका बिषयमा  ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।