काठमाडौं । 

खोटाङ हलेसी पुरी बन्धु समाजको प्रथम साधारणसभा काठमाडौंको टोखापार्कमा सम्पन्न भएको छ । खोटाङ हलेशी पुरी बन्धु समाज र रिद्धनाथी गिरी समाजद्धारा संयुक्त रुपमा आयोजना गरिएको बनभोज तथा नयाँ बर्ष २०७९ को अवसरमा पारेर साधारणसभा सम्पन्न भएको हो । 

शनिवार(हिजो) भएको पुरी बन्धुको प्रथम साधारणसभाले सरोज पुरीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्बसम्मत् निर्वाचित भएका छन् । 

समितिको वरिष्ठ उपाध्यक्ष शर्मिला पुरी (पन्त), र कमला पुरी, सचिब कृष्णप्रसाद पुरी, सह–सचिवमा दुर्गाप्रसाद पुरी र  कोषाध्यक्षमा प्रकाश पुरी चयन भएका छन् । 

नबनिर्वाचित कार्यसमितिको सल्लाहकार समिति संयोजकमा महेश पुरी रहेका छन् भने लेखासमिति समेत चयन भएको जनाइएको छ । कार्यक्रममा रिद्धनाथी गिरी समाजका अध्यक्ष टिलकराम गिरी, समाजबादी पार्टीका केन्द्रीय सदस्य अमृत पुरी  राष्ट्रिय अपांग महासंका पूर्व उपाध्यक्ष डिल्लीप्रसाद गिरीलगायत आतिथ्य रहेको थियो । 

कार्यक्रममा नया बर्षको शुभकामना आदान–प्रदान तथा बनभोज कार्यक्रमलाई भएको थियो । कार्यक्रममा रिद्धनाथी गिरी समाज र खोटाङ हलेशी पुरी बन्धु समाजका करिब दुईसय जना बन्धुहरुको उपस्थिति रहेको थियो । 

सरोज पुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद पुरीले गरेका थिए ।