झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं.–६ बाट पाँच लाख ७० हजार रुपैयाँ मूल्य वरावरको सुपारी प्रहरीले पक्राउ गरेको छ । 

 बुद्धशान्ति बुधबारेबाट काँकरभिट्टा हुँदै तिरिङखोलातर्फ जाँदै गरेको मे १ च ४९८० नं.को पिकअप भेनलाई चेकजाँच गर्ने क्रममा विना भ्याट विल लगिदै गरेको सुपारी पक्राउ परेको हो । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले पिकअप भेनमा रहेको दुईसय केजी सुपारीसहित भेन नियन्त्रणमा लिएको हो ।  पिकअप भेनका चालक ४८ बर्षिय दानबहादुर पोखरेलसहित गाडी र सुपारी आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।