झापा । 

 झापा बिर्तामोड नगरपालिका वडा नं.–४ भद्रपुर रोडबाट  गोप्य सुचनाको आधारमा प्रहरीले अवैध कपडासहित गाडी पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले पार्किङ गरी राखेको भारतिय नम्बरको डब्लु बि ७४ पि १४५५ नम्बरको कार र को १ ज २४४० नम्बरको पिकअप गाडीमा तलाशी लिदा भन्सार छलेर ल्याएको कपडा पक्राउ गरेको हो । 

तलासीका क्रममा ठुलो रोल ८ थान, सानो रोल ३१ थान, मोटर गार्ड ५ थान, कपडा ठुलो बोरामा २ बोरा, मोटरपार्टस  सानो बोरामा ३ बोरा फेला परेको थियो ।  दुबै गाडी र सामानसहित भ्याटसहित ४० लाख मूल्य बराबरको रहेको छ ।  उक्त सामान आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ ।