ओखलढुङ्गा । 

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा भएको सवारी दुर्घटनामा तीन जनाको  प्रहरी कर्मचारीको मृत्यु  भएको छ भने ६ जना घाईते भएका छन् । 

बुधवार (आज)  बिहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश  प्रहरी कार्यालय बिराटनगर आउँदै गरेको बा.१७ च १०९४ को डबल क्याप बोलेरो गाडी सडकबाट १५० मिटर तल झरेर दुर्घटना भएको थियो । 

बलेरोमा सवार प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमै  मृत्यु भएको र प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौमा मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाईते भएका प्रहरी निरीक्षक रिषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाललाई स्थानिय मेडिकलमा उपचारपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । 

प्रहरी नायब निरीक्षक धनराज खतिवडा स्थानिय मेडिकलमा उपचारपछि डिष्चार्ज भएका छन् ।  घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।