भोजपुर ।
भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा भरुवा बन्दुक चलाउदा एक जनाको मृत्यु भएको छ ।
सोहि स्थानका ४७ बर्षीय सुर्यबहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउदा आफ्नै पेटमा लागेर घाईते भएका थिए ।
प्रहरी चौकी प्याउलीको टोलीले उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।