झापा । 

झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जेलिङका २४ बर्षीय नन्दन बर्मन रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको  प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका बर्मनलाई शंका लागेर शरिर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।