भोजपुर ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भोजपुरबाट ईटा बोकी बासीखोरातर्फ जाँदै गरेको प्रदेश १–२–००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर सडकबाट २०० मिटर तल झरी दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा रामप्रसादराई–७ का २० बर्षीय जेबी राई गम्भिर घाईते भएका र ईलाका प्रहरी कार्यालय घोडेटार भोजपुरको प्रहरी टोलीले घाईतेलाई जिल्ला अस्पताल भोजपुर पठाईएकोमा उपचार हुन नसकि डाक्टरले मृत घोषणा गरेका थिए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।