झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नं.–६ बाट २० लाख रुपैयाँ मूल्य बराबरको अबैध सामाग्रीसहित प्रहरीले भारतीय कन्टेनर पक्राउ गरेको छ ।
भञ्सार छलि अबैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय आरजे १८ जिबि ३७२१ नम्बरको कन्टेनरसहित चालक २२ बर्षिय वार्ड नं. ७ छपर निम्का थाना सिकार आरजे ३३२७०८ भारतका सिशराम गोर्सीलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले अबैध रुपमा ल्याइदै गरेको २० लाख रुपैयाँ बराबरको बिस्कुट र २५ लाख रुपैयाँ मूल्य बराबरको कन्टेनर गाडीलाई पक्राउ गरेको जनाइएको छ । उक्त कन्टेनर र चालकलाई मंगलबार पक्राउ गरी आवश्यक कार्बाहीकक लागि मेची भन्सार कार्यालय काकाँडभिट्टामा बुझाएको प्रहरीले जनाएको छ ।