संखुवासभा । 

संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ।

सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबेको अवस्थामा परीवारले मृत फेला पारेको थिए।

ईलाका प्रहरी कार्यालय चैनपुरको  प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटनाका बिषयमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।