बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना बिच पदोन्नति हुनु हुने प्रहरी कार्यचारीहरुलाई दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी प्रधान कार्यालयको बिभिन्न मितिको पत्रले प्रहरी बरिष्ठ नायब निरीक्षक, प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका ७७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख बिसिले पदोन्नति हुने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्दै पदोन्नतिले थप जिम्मेवारी बढेको अवगत गराएका थिए । उनले आफ्नो कर्तब्य जिम्मेवारीका साथ निर्वाह गर्न समेत निर्देशन दिए ।
सु–शोभन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।