खोटाङ । 

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ स्थितमा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

उदयपुरबाट  खोटाङको दिलैची मात्तिम बिर्तातर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउँपालिका–४ का २६ बर्षीय प्रताप खड्काले बिधुतको नाङ्गोतारमा छुन पुग्दा करेण्ट लागेको थियो । 

खड्कालाई उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो । चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।