झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नं. २ स्थित रामचोकमा ट्रकको ठम्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न. को ट्रकले विपरित दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ न.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बिर्तामोड–२ का २९ सम्यम बजगाई घाईते भएका थिए ।
घाइते बजगाईको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा हिजो राती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र ट्रक ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको भने ट्रक चालक हाल फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकको बजगाईको शव सोहि अस्पतालमै रहेको र दुघ)टनाको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।