झापा ।
झापाको गौरादह नगरपालिका ५ स्थितमा चट्याङले लागेर एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरादह नगरपालिका ५ कि ४० बर्षीया मनमाया थापा रहेकि छन् ।
आज दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागि घाईते भएकी थापालाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।