पाँचथर ।
पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको ना.२ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टी दुर्घटना हुँदा ट्रकले च्यापिएर चालक पाँचथर फालेलुङ गाउँपालिका–१ का २७ बर्षीय प्रेमकुमार गौलीको घटना स्थलमै मृत्यु भएको हो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्याल पाँचथरको प्रहरी टोलीले ट्रकलाई जेसिविको सहयोगमा उठाई मृतक गौलीको लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको प्रहरीले जनाएको छ ।