बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित रत्न सुपर मार्केटमा ऊँ गणपति ज्वेलर्स सञ्चालनमा आएको छ । बिर्तामोडका युवा व्यवसायीहरु कुवेर श्रेष्ठ (अरुण), लक्ष्मी भण्डारी श्रेष्ठ (भावना), गणेश भण्डारी (मेघनाथ) र निर्मला पोखरेल भण्डारीले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । 

ज्वेलर्सको उद्घाटन आइतवार (आज) उद्योग बाणिज्य संघ प्रदेश नं. १ सदस्य तथा सामाजिक ब्यक्तित्व बिनोद बस्नेतले गरेका  हुन् । सञ्चालक अरुणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्नेत, सुनचाँदी ब्यवसायी संघ प्रदेश नं. १ अध्यक्ष राजु धमलालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

arun 2

कार्यक्रममा उद्योग बाणिज्य संघ प्रदेश नं. १ सदस्य कुमार भट्टराई, बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष राजु न्यौपाने, सदस्य जीवन खड्का, सुनचाँदी ब्यवसायी संघ झापा अध्यक्ष रमेश बराइलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चालक निर्मला पोखरेल भण्डारीले गरेकी थिइन् ।