बिराटनगर ।
चैते दशैको अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा प्रहरीले सम्पन्न भएको छ । शुभ साईतमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतित्थ्यमा मौलो पुजा पुजाअर्चना गरी सम्पन्न भएको हो ।
१ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानीको प्राङ्गणमा भएको मौलो पुजामा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, प्रदेश ट्राफिक प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया 0