सुनसरी ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान–१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का, २१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
लागू औषधसहित पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाृे छ ।