मोरङ ।
मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका–३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने पिकअप र चालक उर्लाबारी–४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।