झापा ।
झापाको मेचीनगर–६ स्थित पुरानो मेची पुलबाट लागू औषधसहित बिहीवार एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका वडा–९का २५ बर्षिय राजिव रायमाझीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथबाट चेकजाँच गर्दा ८० ग्राम ब्राउनसुगर र नगद ५ हजार फेला परेकोले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।