झापा ।
झापाको दमक नगरपालिका–१० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ ।
सिमेन्ट बोकेको मे।१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा काम गर्ने झापा दमक नगरपालिका–८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना बिषयमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।