झापा । 

झापाको हल्दीबारी गाउँपालिका–२ पशुपति चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार (आज) बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको  बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टि«परले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टि«पर चालक हल्दीबारी–५ का ४८ बर्षीय बिक्रम तामाङ घाईते भएका थिए ।

घाइते उनको तत्काल उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । 

घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।