झापा । 

 झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । 

दक्षिणतर्फ जाँदै गरेको  प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ च ७८३८ नम्बरको  पिकअप भ्यानले ठक्कर दिदा घाईते भएकि मोटरसाईकल पछाडि सवार सोहि स्थानकी ३८ बर्षीया शान्त सुब्बाको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । 

 मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका–६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।