झापा । 

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन् ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको  संयुक्त  प्रहरी टोलीले चेकजाँचको क्रममा  खडकाको साथबाट १४ ग्राम  प्रतिबन्धीत लागू औषध ब्राउन सुगर  बरामद गरेको हो ।

लागू औषधसहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।