मोरङ । 

मोरङको धनपालथान गाउँपालिका–३ डकुवा डाँडा स्थित रहेको एबीसी ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर अचेत अवस्थामा आफन्तले फेला पारेका थिए । 

 तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीले  थप अनुसन्धान गरिरहेको छ ।