मोरङ ।
मोरङको केराबारी गाउँपालिका ८ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार (आज) को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदा ट्याक्टर चालक केराबारी–१० का १९ बर्षीय पिलिज बिकलाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भएका थिए । उनको उपचारको लागि स्थानिय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।