झापा । 

भोजपुर  ट्यामके मयुङ्ग गाउँपालिका वडा नं. –३ मा जिल्लाकै पहिलो तथा  एकमात्र उद्योग गरस चिया उघोगको उद्घाटन भएको छ । 

नेपाल चियातथा कफी बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा गत चैत्र १८ गते उद्योगको उद्घाटन भएको रञ्जित गिरीले जानकारी दिए । 

उद्योग उद्घाटनसँगै भोजपुरमा पनि चिया खेतीले उचित अवसर पाउने आशा किसानले गरेका छन् । 

बोर्डकाकार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले नै उपस्थितिमा उद्योगको उद्घाटन भएपछि  चिया किसानहरु धेरै खुसी देखिएका छन् ।