भोजपुर ।
भोजपुरको पौवादुङमा गाउँपालिका–२ मा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
सोमबार (आज) मामली घर पौवादुङमा आई बसेका मोरङको केराबारी गाउँपालिका–७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगर खेल्ने क्रममा लडेर खाल्डोको पानीमा डुबेका थिए ।
अचेत अवस्थामा आफन्तले फेला पारेर उपचारको लागि स्थानिय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । घटनाको बषियमा जिल्ला प्रहरी कार्यालय भोजपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















