सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ चेराखु बस्ने जिवन राईको ५ बर्षीया छोरी पबित्र राईको खोलामा डुबेर मृत्यु भएको छ ।
आइतवार घर नजिकै रहेको बर्खु खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबेर बालिक मृत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।