सुनसरी ।
सुनसरीको ईटहरी–१८ नयाँटोल स्थित कान्छीचोक चतरा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ५५ बर्षीया मेहरुन खातुन रहेकी छिन् । आइतवार कान्छी चोकबाट चतरातर्फ बिद्यार्थी लिन जाँदै गरेको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले पैदल हिडिरहेकी खातुनलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय पकलीको प्रहरी टोली कानुनी प्रकृया पुरा गरी सवारी चालक मोरङ सुन्दरहरैचा–६ का ३६ बर्षीय प्रेमकुमार सार्कीलाई नियन्त्रणमा लिएको छ भने घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।