भद्रपुर । 

राजबंशी समाज बिकास समिति भद्रपुरको  तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा पवन राजबंशी निर्विरोध चयन भएका छन् ।  गत चैत्र १२ गते भद्रपुरमा जिल्ला अध्यक्ष दिनेश्वर राजबंशीले उद्घाटन गरेको अधिवेशनको बन्द सत्रमा अध्यक्षका उम्मेदवार ४ जना भएपछि नेतृत्व चयन लम्बिएको थियो । 

अध्यक्षका उम्मेदवार सन्तोष राजबंशी, उत्तम राजबंशी, पुष्पलाल राजबंशीले उम्मेद्वारी फिर्ता लिएपछि  अध्यक्ष पदमा पवन निर्विरोध चयन भएका निर्वाचन समितिका संयोजक  भारतसिंह राजबंशीले जानकारी दिए ।  त्यसैगरी समितिको उपाध्यक्षमा पूरूषमा एक मात्र उम्मेदवार बसन्त राजबंशी, महिला उपाध्यक्षमा  पुनम सिंह राजबंशीले फिर्ता लिएपछि संहिता राजबंशी निर्विरोध चयन भएकी थिइन् । 

 सचिव पदमा नन्दलाल र बिजय राजबंशीले फिर्ता लिएपछि मन्दिप राजबंशी निर्विरोध, सह–सचिव पदमा सुटलालले फिर्ता लिएपछि जयदेव निर्विरोध र कोषाध्यक्षमा सुजाता राजबंशीले फिर्ता लिएपछि सुचित्रा राजबंशी निर्विरोध चयन भएका हुन् । 

सदस्यता महिला कोटामा क्रमश रसद, मोहन, बिजेन्द्र, बिष्णु, सर्मिला, हलसरि राजबंशी गरि १५ सदस्यमा १२ सदस्य कार्यसमिति चयन भएको निर्वाचन समिति सदस्य गणेश राजबंशीले बताए  ।