बिराटनगर ।
झापाका र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा को ३१ प ५३९६ नम्बरको मोटरसाकल आफै अनियन्त्रीत दुर्घटना हुँदा घाईते भएका स्थानीय २३ बर्षीय अमृत बिकको उपचारको क्रममा बिराटनगरको बिराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै झापाको गौरादह नगरपालिका–१ मा पानी बोक्ने ट्याङकरमा मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
गौरादहको भित्री सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे २ प ३९१२ नम्बरको मोटरसाईकल सडकमा बिग्रिएर रोकि राखेको को १ ख २४७९ नम्बरको पानी बोक्ने ट्याङकरमा ठोक्किदा मोटरसाईकल चालक स्थानीय ३६ बर्षीय राम सोरेनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुवै घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।