झापा । 

झापाको दमक नगरपालिका–२ सिपेनि सिमसारमा  जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् ।

साथीकोमा जान्छु  भनेर घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको हो ।

प्रहरीले मृत अवस्थामा पानीबाट बाहिर निकाली घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ भने ओखलढुङगा खिजिदेम्बा गाउँपालिका–७ कि  ५८ बर्षीया  गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भएकिमा खोज तलासको क्रममा खिजिदेम्बा–७ स्थित लिखु नदीमा डुवेर मृत अवस्थमा फेला परेकि थिइन् । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।