शिवसताक्षी । 

सतासीधाम जेसीजको सामुदायिक कब्रड हल आज (शुक्रवार)  प्रदेश नं. १ का कृषिमन्त्री  झलकसिंह दर्लामी (सन्देश) ले उद्घाटन गरेका छन् । मन्त्री दर्लामीको प्रदेश क्षेत्र बिकास कोषको सहयोगमा आजबाट सुरु भएको लागू औसध नियन्त्रण तथा नेतृत्व बिकासको समेत उद्घाटन भएको छ।

 उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री दर्लामीले लागू पदार्थ सेवनले आज समाजका युवाहरु कुलतमा फसेको र अपराध बढेकोले कुलतबाट निकाल्न  यो कार्यक्रम ले सहयोग गर्ने र आगामी दिनमा पनि सतासीधाम जेसिस लागि रहने आग्रह समेत गरेका छन् ।

करिब ६० लाखको लागतमा निर्मित उक्त हलमा ब्याडमिन्टनका डबल कोर्ट रहेका छ्न् । बिराटनगर इटहरी देखीका खेलाडी खेल्न आउने हुँदा अब भुइ कार्पेटिङ र प्यारापिट निर्माणका लागि आवश्यक पहल गर्ने पनि प्रतिबद्धता मन्त्री दर्लामीले गरेका छन् ।

कार्यक्रममा सताशिधाम जेसीजका पूर्व अध्यक्ष  नेपाल जेसीजका  जेसीज भेलिजका संयोजक तथा नेकपा माओवादी केन्द्र शिव सताक्षी नगर अध्यक्ष  महेन्द्र भट्टराईले इन्डोर खेल मैदानबाट खेलाडी मात्रै होइन स्वास्थको लागि पनि आज इन्डोर खेल मैदान आवश्यक बजेटको पहल गरिदिन प्रदेश सरकारलाई आग्रह गरे । उनले २० लाख बजेट बिनियोजन गर्न माग  गरेको छ्न् ।

उक्त कार्यक्रम नेपाली काग्रेसका माहधिवेशन प्रतिनिधि पर्शुराम ढुङ्गाना, नेकपा एमालेका नगर अध्यक्ष रोशन थोप्रा, नगरका प्रशासकिय प्रमुख प्रकाश चौधरी , समाजसेवी डम्बर खड्का, चन्द्रप्रसाद खनाल, शन्त पौडेल, इलाका प्रहरी कार्यलयका प्रमुख ध्रुव श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सतासीधाम जेसीज बर्ष २०२२ का अध्यक्ष अर्जुन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिबेक ढकालले गरेका थिए । कार्यक्रम अघि दुधे बजारमा र्याली परिक्रमा गरिएको थियो ।