बिराटनगर । 

झापाको मेचीनगर नगरपालिका–६ र मोरङको बिराटनगर महानगरपालिका–१५ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका झापा कनकाई नगरपालिका–३ का ३० बर्षीय अरुण प्रधानलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो हो ।

लागू औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले को.२५ प ७६५८ नम्वरको मोटरसाईकलमा भारत जोगवनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी इटहरी–४ का ४० बर्षीय राजेन्द्र केसिलाई ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।