बिर्तामोड । 

राजश्व कार्यालयले केही समय यता बिर्तामोड क्षेत्रका उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिएकोप्रति बिर्तामोड उद्योग बाणिज्य संघको गम्भिर ध्यानाकार्र्षण भएको छ ।

व्यवसायीका फर्ममा चेकजाँचका नाममा दःुख दिने गरेकोले व्यवसायीहरु आतंिकत भएका छन् । फर्मको मुख्य व्याक्ति वा संचालक नभएको अवस्थामा, उद्योग वाणिज्य संघका प्रतिनिधीहरुलाई जानकारी गराउन समेत नदिई व्यवसायीहरुलाई कुनै जघन्य अपराधीलाई जस्तो व्यवहार गरेको गुनासाहरु संघमा बारम्बार आइरहेको भन्दै संघले आपत्ति जनाएको हो । 

हालै बिर्तामोड स्थित शाह कपडा पसलमा व्यवसाय नै बन्द गराउने उद्देश्यले दण्ड गर्ने बहानामा व्यापार व्यवसाय माथि नै आक्रमण गर्नेक्रियाकलापप्रति संघको गम्भिर आपत्ति भएको जनाएको छ ।

संघले आम व्यावसायीहरुले सहजता पुर्वक भयरहित वातावरणमा व्यापारव्यवसाय गर्ने वातावरण सिर्जना गर्न जोडदार माग गरेको छ । व्यवसायीहरुलाई राजश्व छलिका नाममा अनुसन्धानको वहानामा कुनै अपराधी जस्तो व्यवहार गरी तर्साउने, धम्काउने जस्ता कार्य तुरुन्त बन्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । संघल यस्ता कार्यहरु तुरुन्त नरोकिएमा व्यवसायीहरुले आ–आफनो व्यवसायी बन्द गरी सडक आन्दोलन गर्न बाध्य हुने समेत संघले बिज्ञप्ती जारी गर्दै जनाएको छ । 

हाल भएको समस्याको सामाधन नभए थप आन्दोलनका कार्यक्रम अगाडी बढाउने संघका अध्यक्ष प्रकाश शिवाकोटी र महासचिव अर्जुनकुमारद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।