बिर्तामोड ।
राजस्व अनुसन्धान कार्यालयले कपडा पसलमा शिलबन्दी गरेको विरोधमा व्यवसायीले बिर्तामोडस्थित मुक्ति चोकमा अवरोध गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीले विहिबार दिउँसो सडक अवरोध गरेका हुन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले बिर्तामोडको शनिश्चरे रोडस्थित शाह कपडा पसलमा विहिबार शिलबन्दी गरेको छ । कार्यालयले राजश्व चुवाहट भएको भन्दै पसलमा खानतलासी गरेको थियो ।
वुधबार पसलमा आएका कार्यालयका कर्मचारीले एक हप्ता भित्रमा आवश्यक कागजातसहित उपस्थित हुन भनेर पत्र काटेर गएको तर विहिबार सञ्चालक नभएको अवस्थामा छापामार शैलीमा शिलबन्दी गरेको भन्दै व्यवसायी आक्रोशित बनेका छन् ।
कानून सम्बत ढंगले अनुसन्धान गर्नु पर्नेमा छापामार शैलीमा व्यवसाय नै बन्द गराउने मनसायले शिलबन्दी गरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रन बाध्य भएको वाणिज्य संघका महासचिव अर्जुन मैनालीले जानकारी दिए । लकडाउनको मारमा रहेको व्यवसायीलाई थप मारमा पार्ने राज्यको यस्ता हर्कत बन्द गरिनुपर्ने मैनालीले बताए ।
चोकमा सडक अवरोध भएपछि लामो समय सवारीसाधन सडक मै रोकिएका थिए भने केहि सवारी भित्री सडक भएर आवात जावत गरेका थिए ।