सोलुखुम्बु । 

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ बर्षीय चन्द्र राई श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गर्दा राईको घटनास्थलमै  मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।