अर्जुनधारा । 

झापाको अर्जुनधारा ७ स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाममा तीन दिने धार्मिक महोत्सव आयोजना हुने भएको छ ।

धाम परिसरमा बिहीवार पत्रकार भेटघाट गरी महोत्सव वारे जानकारी गराएको हो । महोत्सव मुल आयोजक समितिका संयोजक दिपेन्द्र ढकालको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा आगामी चैत्र २७ गतेदेखि २९ गतेसम्म धार्मिक महोत्सवको आयोजना गरिएको जानकारी दिइयो ।

२७ गते बिशेष पुजा अर्चना सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रमा गरी उद्घाटन गरिने महोत्सवमा बिभिन्न जातीके मौलिक नृत्य, २ सय १६ दीप प्रज्वलन, र साँझमा धजन सन्ध्या गरिने अगुवा भक्तजन तथा महोत्सव आयोजक समितिका सचिव अमितकुमार साम्पाङ राईले बताए ।

m1

त्यस्तै २८ गते बिशेष पुजा अर्चना, २ सय १६ दीप प्रज्वलन, धामी र झाँक्रीहरुके सहभागीतामा सामुहिक थान राखी पुजा अर्चना गरिने र २९ गते बिशेष पुजा अर्चना, दाता, जेष्ठ नागरिक, सम्मान कार्यक्रम, २ सय १६ दीप प्रज्वलन र साझमा भजन सन्ध्या गरी महोत्सवको समापन गरिने उनले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने उक्त खर्च स्थानीय, दाता र अर्जुनधारा नगरपालिकाबाट संकलन गरिने योजना रहेको धामका अध्यक्ष इन्द्रबहादुर मगर (काली) ले बताएका छन् । 

स्थानीयहरुका अनुसार अनुमानित एकसय वर्ष भन्दा पूरानो वरपीपलको रुखसँगै विभिन्न प्रजातिका रुखबिरुवाहरु र डरलाग्दो झाडी रहेको उक्त क्षेत्रमा २०७५ साल मंसिर १ गते अघिसम्म मानिसहरुको चहलपहल एकदमै कम हुने गरेको थियो ।  स्थानीय रोशन नेम्वाङ लिम्बूको नेतृत्वमा २०७३ सालदेखि २०७५ सालसम्म वडा दशैको अवसर पारेर नियमित दुर्गा पूजा सञ्चालन गरी धाम संरक्षण कार्यको सुरुवात भएको स्थानीयको भनाई छ । नियमित रुपमा तीन वर्षको पूजाअर्चना सम्पन्न भएपछि हाल बिर्तामोडकी माता कल्पना काफ्ले पौडेललाई सपनामा ‘यस क्षेत्रमा देवीको बास रहेको र नियमित पूजा अर्चना गर्दा सबैको कल्याण हुने’ दैविक भविष्यवाणी भएको खबर माताले जानकारी गराएपछि स्थानीयहरु सक्रिय रुपमा उक्त क्षेत्रको संरक्षणमा जुटेका हुन् ।

m2

जग्गादाताहरु मोहनकृष्ण ढकाल, दिपेन्द्र ढकाल, चन्द्रबहादुर तामाङ र इन्द्रजीत चौधरीबाट संरक्षणको लागि देवीदेवताहरुको बासस्थान रहेको जमिन र आवश्यक बाटो उपलब्ध गराएपछि उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका ेरुपमा विकास गर्दै ‘नमूना देवीस्थान’ बनाउने उद्धेश्यले स्थानीयहरुको भेलाबाट राजेन्द्र काफ्लेको अध्यक्षतामा १५ सदस्यीय संरक्षण समिति गठन गरी झाडी सरसफाई गर्ने र पूजास्थललाई बाँसको बेराले घेराबारा गर्ने कार्य सुरु भएको जनाइएको छ । 

देवीस्थान संरक्षणको कार्य सुरु गरेसँगै माता कल्पना काफ्ले पौड्यालको नेतृत्वमा मंसिरे पूर्णिमाको दिन उक्त देवीस्थानमा विशेष पूजा अर्चनाको आयोजना गरिएको थियो । सोही दिनदेखि ‘पञ्चकन्या सेती सिंहदेवी देवीस्थान’ नामकरण भएको उक्त देवीस्थानको उद्घाटन नगर प्रमुख हरिकुमार रानाले गरेका थिए ।