झापा । 

झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ मा लागू औषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति –४ का ४३ बर्षिय किशोर सुनुवार र काठमाण्डौ –५ का  ३१ बर्षिय सन्त महर्जन रहेका छन् । 

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा शंका लागेर चेक गर्दा पछाडी भिर्ने कालो रङको  झोला भित्र लागु औषध ब्राउनसुगर भेटिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट २८ ग्राम लागू औषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिएर ईप्रका काँकडभिट्टामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।