सुरुङ्गा । 

सुरुङ्गा जेसीजको आयोजनामा विद्यार्थीलाई सेनटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ ।  कनकाई २ मा रहेको सरस्वती माविमा भएको तालिममा उक्त  विद्यालयका ६० जना छात्राहरुले खेर जाने घरायसी सामाग्रीको पुन प्रयोग गरि सेनटरी प्याड बनाउने तालिम लिएका हुन् । तालिममा प्रमुख प्रशिश्रकका रुपमा भूमिका गौतम रहेकी थिइन्  ।

उनले प्याड निर्माण सहित छात्राहरुलाई हुने महिनावरीका समयमा ख्याल गर्नु पर्ने विभिन्न विषयमा सचेतना समेत प्रदान गरेकी थिइन् । शाखाकी अध्यक्ष सुष्मा न्यौपानेको सभापतित्व तथा सुकेडाँगी सामुदायिक वनकी अध्यक्ष शान्ता उपाध्यायको  प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु सरला पोखरेल, त्रिलोचन उप्रेती, विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीलगायतले छात्राहरुका लागि आवश्यक सिनटरी प्याड निर्माणले आउँदा दिनमा विद्यार्थीहरुलाई खर्च कटौती हुने बताएका छन् । 

 ४ दिने तालिम आज सम्पन्न भएको हो । कार्यक्रममा  शिक्षा संयोजक निर्मला खड्काले आस्था वाचन  गरेकी थिइन् । कार्यक्रम संयोजक खुस्बु पौडेल तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव राजु पाठकले गरेको उपाध्यक्ष रोहित कोईरालाले जानकारी दिए ।