सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधबार (आज) ईचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ बर्षीय नन्दकुमार श्रेष्ठलाई उपचारको लागि धरान घोपा पठाईको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटनाका बिषयमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।