बिर्तामोड । 

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रालिले झापाको बिर्तामोडस्थित चारपानेमा उर्जा द टे«निङ फर इन्टरपेनशीपको आयोजना गरेको छ । प्रालिले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै आगामी चैत्र २०, २१ र २२ गते टे«निङको आयोजना गरेको जानकारी दिएको हो । 

तालिममा ब्यवस्थापन संकायमा अध्ययनरत, भविश्यमा उद्यमी बन्न चाहने साथै जो काहीले पनि सहभागीता जनाउन सकिने जनाइएको छ । तालिमको सहजीकरण सफल व्यवसायी तथा नायक सन्जोक कोइराला, मोटीभेशनल स्पीकर रोहित मल्ल, सोसियल इन्टरपेनर प्रकृति मैनालीले गर्ने कार्यक्रम रहेको प्रबन्ध निर्देशक पुडासैनीले बताए । त्यस्तै युवा माझ लोकप्रिय चर्चीत र्यापर बालेन शाहको बिशेष कार्यक्रम र चर्चीत कमेडियन सुमन कार्कीको प्रस्तुती समेत रहने जनाइएको छ । 

प्रालिले सेमिनारमा झापासहित आसपासका जिल्लाबाट ५ सय युवाहरुको सहभागीता गराउने लक्ष्य राखेको छ भने अनुमानित १० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । सेमिनारमा युवालाई स्वदेशमै केही गर्न सकिने उत्प्रेरण जगाउने, हाल कस्ता ब्यवसाय गर्दा प्रतिफल  पाइने, स्टाट अप बिजनेस कसरी गर्न सकिन्छ, शेयर मार्केटको भविश्य कस्तो छ जस्ता बिषयमा ज्ञान प्रदान गरिने जनाइएको छ । 

प्रदेश नं. १ लाई कार्यक्षेत्र बनाएर बिर्तामोडबाट विगत ६ बर्षदेखि प्रालिले विभिन्न रचानात्मक कार्यहरु गर्दै आएको प्रालिका प्रवन्धक निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् । उनका अनुसार प्रालिको मातहतमा हाल दुईवटा स्कुल, एउटा रेष्टुरेन्ट, टिफिन बक्स डेलिभरी अनलाइन प्याल्टफर्म, अनलाइन टिभी, प्रोडक्शन हाउस, बटुवा इ–कमर्श कन्याममा चाँडै सञ्चालनमा आउन लागेको डोको द रिसोर्ट गरी ११ वटा विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गरेको छ । 

रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै दिने तथा सल्लाह सुझाव दिदै ‘नेपालमै गर्न खोजे धेरै गर्न सकिन्छ’ उदाहरण बन्ने उदेश्यले हाल ६० जना युवालाई प्रत्यक्ष रोजगारी दिएको पुडासैनीले जानकारी दिए ।