झापा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको नयाँ भवनको १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा उद्घाटन भएको छ ।
आज जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नव–निर्मित कार्यालय भवन, ब्यारेक, भन्साघर तथा शौचालयको मन्त्री कार्कीले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, बिर्तामोड नगरपालिका प्रमुख धुब्रकुमार शिवाकोटी, १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव कालीप्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, चारआली स्थित नेपाली सेनाको श्री नँया श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिश्वमणी पोखरेललगायतको उपस्थिति रहेको थियो ।
१ नम्वर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण सम्पन्न भएको हो ।