उदयपुर । 

उदयपुरको उदयपुरगढी गाउँपालिका–१ मा आगोलागीबाट ८ घर जली नष्ट भएको छ भने एक जना महिलाको आगोमा जलेर मृत्यु भएको छ । 

 गौरबहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई आगोलागी हुँदा हिडडुल गर्न नसक्ने गौरबहादुर मगरको ६६ बर्षीया श्रीमती शिवमाया मगरको आगोमा परी जलेर मृत्यु भएको हो ।

उक्त आगो फैलिई नजिकै रहेको शेरबहादुर मगर, भैरव मगर, यम्बर बहादुर मगर, मनमाया मगर, पदमबहादुर मगर, दिपबहादुर मगर र धनमाया मगर समेतको घर आगलागीबाट जलेर नष्ट भएको हो ।

आगोमा परी बाख्रापाठा ५१ वटा, सुँगुर ४ वटा समेत जलेर मृत्यु भएको छ । आगो स्थानिय र प्रहरीको सहयोगमा  नियन्त्रण गरिएको हो भने आगलागीबाट अन्दाजी १ करोड २१ लाख बरावरको क्षेति भएको र आगोलागीको घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।