बिर्तामोड ।

 गुणस्तर तथा नापतौल कार्यालय भद्रपुर झापाले बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा बिर्तामोडमा सोेमबारबाट ढक, तराजु, डिजिटल काँटा र कपडा नाप्ने मिटरको नापजोख शुरु गरेको छ । 

 बिर्तामोड बजार क्षेत्रमा रहेका व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने गरेका ढक, तराजु, डिजीटल काँटा र कपडा नाप्ने मिटरको नापतौल तथा नाप्ने, तौलको यन्त्रहरुको जाँच, नवीकरण, अनुमति पत्र वितरण अनुगमन गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । 

 व्यापारीले ढक, तराजु, मिटर, लिटरलगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ । कार्यक्रममा सहभागिता जनाउन बिर्तामोड बजार क्षेत्रमा रहेका व्यापारी तथा व्यवसायीहरुलाई आग्रह संघले आग्रह गरेको छ । 

 गुणस्तर तथा नापतौल कार्यालय भद्रपुर झापाका सहायक निरिक्षक अमितकुमार कर्णसहित तीन जनाको टोलीले व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने गरेका ढक,तराजु, डिजीटल काँटा र कपडा नाप्ने मिटरको नापतौल तथा नाप्ने, तौलको यन्त्रहरुको जाँच, नवीकरण, अनुमति पत्रको अनुगमन गरिरहेको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

चैत १४ गते सोमबारबाट बिर्तामोडस्थित अतिथि सदनमा शुरु गरिएको ढक, तराजु, डिजिटल काँटा र कपडा नाप्ने मिटरको नापजोख कार्यक्रम आगामी चैत १८ गतेसम्म सञ्चालन गरिने गुणस्तर तथा नापतौल कार्यालय भद्रपुर झापाका सहायक निरिक्षक अमितकुमार कर्णले जानकारी दिए । 

 बिर्तामोड बजार क्षेत्रमा रहेका व्यापारी तथा व्यवसायीहरुले ढक, तराजु, डिजीटल काँटा र कपडा नाप्ने मिटरको नापजोख गर्न गुणस्तर तथा नापतौल कार्यालय भद्रपुर जानुपर्ने भएपनि बिर्तामोड बजार क्षेत्रमा रहेका व्यापारी तथा व्यवसायीहरुको   सुविधाका लागि बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा उक्त कार्यक्रम राखिएको बिर्तामोड उद्योग वाणिज्य संघका प्रवक्ता सञ्जिव घिमिरेले बताए ।