सुनसरी । 

सुनसरीको ईटहरी १५  आवाधी मधेसामा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । अन्य बालकहरुसँगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुबेर मृत्यु भएको हो । 

तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुवाको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।