ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८ का २८ बर्षीय रुपेश राई रहेका छन् ।
हिजो बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै राईको मृत्यु भएको हो भने ३ जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घटनाका बिषयमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।