झापा ।
सवारी ज्यान मुद्दा शिर्षकमा फरार रहेका ब्यक्रिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका–५ का ३७ बर्षिय हेमकुमार फागु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएर अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
हाल फागुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।