सुरुङ्गा ।

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा अन्तर्राष्ट्रिय बजारको पहिचान र नेपाली उत्पादनलाई विदेशमा निर्यात विषयक चार दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

उद्योग तथा आपुर्ती मन्त्रालय अन्तरगतको व्यापार तथा निर्यात प्रर्वधन केन्द्र ललितपुरको आयोजना सुरुङ्गा जेसीजको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।

सुरुङ्गा जेसीजकी अध्यक्ष सुस्मा न्यौपानेको सभापतित्व र व्यायार तथा निर्यात प्रर्वधन केन्द्रका कार्यकारी निर्देशक सुयश खनालको प्रमुख अतिथ्यतामा तालिमको समापन भएको हो ।  कार्यक्रममा सुरुङ्गा जेसीजमा आवद्ध र स्थानिय स्तरका व्यवसायी २५ जनाले तालिममा सहभागिता रहेको जेसीज अध्यक्ष सुश्मा न्यौपानेले जानकारी दिइन् ।

सहभागी हरुलाई व्यायार तथा निर्यात प्रर्वधन केन्द्रका उपनिर्देशकहरु सिद्धिचरण दाहाल र राजेन्द्र सिंह ,वरिष्ठ अधिकृत गोविन्द आचार्यले प्रशिक्षण दिएको उपा अध्यक्ष रोहित कोईरालाले जानकारी  दिए ।

गत चैत्र ८ गते देखि सुरु भएको तालिलमा जेसीजका पूर्व अध्यक्षहरु शिवकुमार कडेल, सरला दाहालपोखरेल निवर्तमान अध्यक्ष यदुका उप्रेतीलगायत पनि सहभागिता रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

तालिममा सुरुङ्गा जेसीजका तालिम संयोजक रिसवसिंह चाहारको संयोजकत्व रहेको थियो भने कार्यक्रमको संचालन जेसीजकी कार्यकारी उपाध्यक्ष मेनुका उप्रेतीले गरेकी थिइन् ।